

कालो केशमा रातो सचिका (रातो धागो) बाँधेर। सेतो स्वीटरमा ‘लभ साइन’ टाँसेर। ट्याटु खोपिएको हातमा लामा चार्ट पेपर बोकेर। हो, यसरी नै कयौं दिन प्रेमपत्र बटुल्दै पाटनका गल्लीहरुमा घुमेर बिताइन् कोकोभानले।
रुपनी जिएम- जानकी : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै बित्छ।
पर्वत : पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
‘कामीको होटल हो त्यहाँ खान नजानु है !’ मुस्ताङमा सुकुन रसाइली विकले होटल सञ्चालनमा ल्याइसकेपछि सुनेका शब्द हुन् यी। घरपझोङ-२ मार्फामा होटल सञ्चालनमा ल्याएपछि धेरैपटक यसखाले शब्द सुनेकी छिन् उनले।
काठमाडौं : भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ।