


काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डु उपत्यकामा वैकल्पिक मार्गबाट एलपी ग्यास ल्याइएकाे छ ।

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३२ सयले घटेको हो ।

काठमाण्डु– स्विट्जरल्यान्डले नेपाललाई अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

काठमाण्डु- भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ ।

काठमाण्डु– एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओं) माइकल फोलेले पदबाट राजीनामा दिएका छन् ।फोलेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको एनसेलले जनाएको छ ।

काठमाण्डु – सुनको भाउ शुक्रबार थप बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाण्डु – अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर अर्थात एक अर्बभन्दा बढी रकम सहयोग गरेको छ।

काठमाण्डु– नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई लक्षित गर्दै व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ ।

काठमाण्डु – लगातार पाँचसम्म घटेको सुनको मूल्य बढेको छ । पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार बढेको छ।

काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाण्डु बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।