


सुर्खेत। वीरेन्द्रनगर उपत्यकाबाट नजिकै उत्तरतर्फको डाँडामा एउटा कंक्रिट संरचना उभिएको छ। माथिबाट सरिया निस्किएका छन्, तल सिँढी बनेको छ। तर, न पर्खाल छ, न झ्यालढोका, न रेलिङ।

काठमाडौं । अतिकम विकसित मुलुक (एलडिसी) समूहले जलवायु परिवर्तनबाट उत्पन्न संकटसँग जुध्न विकासशील तथा जोखिममा रहेका मुलुकलाई थप वित्तीय, प्राविधिक तथा क्षमता अभिवृद्धिको सहयोग आवश्यक रहेको जनाएको छ।

सान साल्भाडोर । मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य संकटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् ।

झापा। जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।

इलाम । माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैंयाँ खर्च भएको छ ।

हिमालय जेटको फेसबुक पेजका भित्तामा संसारकै आकर्षक र विशाल बोइङ जेट विमान देखिन्छन्। कहिले विमानको इन्जिनअगाडि अध्यक्ष दीपेन्द्र गुरुङ देखिन्छन्, कहिले आकाश चिर्दै उडिरहेको अत्याधुनिक जेटको फोटो।