


युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्रता दिँदै अमेरिकाले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको छ।

रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किभमा रहेको सुरक्षा सेवा (एसबीयू)को मुख्यालयमै रूसले शुक्रबार ड्रोन हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले इरानमा रहेको कलाङ पर्वतमाथि चाँडै हमला गर्न सक्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताएका छन्।

नेटो र युरोपेली आयोगका प्रमुखहरूले रुसले लगातार गैरजिम्मेवार र दुस्साहसी व्यवहार गरिरहेको भन्दै चेतावनी दिएका छन्। उनीहरूले अब यस्ता घटनाहरू रोक्न नयाँ तरिकाले जवाफ दिने तयारी गर्नुपर्ने बताएका छन्।
जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ।

अमेरिकी सञ्चारमाध्यम आउटलेट एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित हमला गर्ने योजना बनाइरहेको जनाएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताएका छन्।

अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन्।