


सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

काठमाडौँ- श्रम संस्कृति पार्टी कोशी प्रदेशले आगामी असोजको पहिलो सातादेखि ‘केचना कवल टु सगरमाथा हातेमालो अभियान’ सञ्चालन गर्ने भएको छ।

काठमाडौँ- बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोटेकोशी बाढीपहिरोपछिको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टी पंक्तिलाई थप सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

काठमाडौँ- सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा मूर्ति र स्तम्भ’ को शिलान्यास गरिएको छ।

काठमाडौँ- राप्रपा महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। उनले पार्टीका नेताहरूलाई म्यासेजमार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री वालेन्द्र साहलाई सुझाव दिएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।