


नेपालमा जलवायु र विपत्का नाममा ठूलो रकम खर्च हुँदै आए पनि बाढी जोखिममा रहेका नागरिकसम्म आपत्कालीन सूचना पठाउने प्रणाली पूर्ण रूपमा सञ्चालनमा थिएन।

नेपालमा २०८३ साल भदौ १० गते आएको विनाशकारी भोटेकोशी हिमबाढीबारे समाचार सम्प्रेषण गर्दा जलवायु संकटको महत्त्वलाई स्पष्ट र दृढतापूर्वक उल्लेख गर्न मूलधारका अधिकांश पश्चिमा सञ्चारमाध्यम असफल भएका छन्।

अब गर्नुपर्ने भनेको रसुवा प्रलयको उद्गम, त्यो लाङटाङ लिरुङको उत्तरी मोहडाको विस्तृत अध्ययन गर्नुबाट शुरू हुन्छ।

भोटेकोशी बाढीले हाम्रो विकास मोडलको त्रुटि र विपद् व्यवस्थापनमा सरकारको भद्रगोल तथा अकर्मण्यतालाई एकसाथ उदांगाे पारिदिएको छ।

एक्सप्लेनरः स्याटेलाइट तस्वीरले देखाएको भोटेकोशी बाढीअघिको र पछिको भूदृश्य विश्लेषण।

२०७२ को भूकम्पपछि घरबार गुमाएर स्थायी आवासका लागि सरकारको सहयोग कुर्दै खोला किनारमा बसिरहेका रसुवा खाल्टेका ३०० घरपरिवारको बस्ती भोटेकोशी बाढीले सखाप पारेको छ।

एउटा चर्चित ताल फुटेर ठूलो क्षति नहुँदासम्म हामीले यस्ता बाढीलाई विपत्कै रूपमा लिएनौं। हरेक प्रकोपले हामीलाई केही न केही सिकाएको हुनुपर्छ, अब त्यसबाट सिक्नैपर्छ।

रसुवा–नुवाकोट सीमामा रहेको ऐतिहासिक तथा व्यापारिक थलो बेत्रावती, जहाँ २३४ वर्षअघि नेपाल–चीन युद्ध रोक्न दुई देशबीच सन्धि भएको थियो, भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले भग्नावशेषमा परिणत गरिदिएको छ।

गाईजात्राको तयारी चलिरहेको थियो, बाढीले गाउँ नै बगाइदियो

बस्ती बगेका, आफन्त गुमाएका र रित्तो हात बनेका नागरिकलाई ‘हाम्रो पछाडि देश उभिएको छ’ भन्ने अनुभूति गराउने बेला यही हो।