


चितवन। पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

जलेश्वर। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर महोत्तरीको पिपरा गाउँपालिका-३ का विकास कुमार यादव बेपत्ता भएपछि उनकी पत्नी इन्दिरा यादव गहिरो चिन्तामा छिन्।

काठमाडौं। बाढी र पहिरोका कारण आज पनि देशभरका विभिन्न मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। निरन्तरको प्राकृतिक प्रकोपले सडक सञ्जालमा असर पुर्याउँदा यातायात सेवा प्रभावित बनेको छ।

चितवन। कृष्णभिरमा सडक मर्मत कार्य नसकिँदासम्म नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि सवारी आवागमन आंशिक रूपमा बन्द गरिएको छ।

काठमाडाैँ। इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल बन्द गरिएपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन्।

कञ्चनपुर। गए रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढीले कटान गर्दा बेदकोट नगरपालिकास्थित झोलुङ्गे पुल ढलेको छ। पुल खसेसँगै नजिकै रहेको पक्की पुलसमेत उच्च जोखिममा परेको छ।

काठमाडौं। भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीको सूचना पाउनासाथ कारागारमा तैनाथ सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीको ज्यान बचाएका छन्।

काठमाडौं। माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र ११ दिनसम्म थुनिएका चिनियाँ नागरिक लु हाइताओको अहिले सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।

टोकियो । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।