


पोखरा । विश्व खाद्य दिवस अवसरमा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ स्थित ज्येष्ठ नागरिक भजन समूहले जितेको छ ।

पोखरा । वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले छात्राहरुका लागि थप ५ लाख रुपैयाँको छात्रवृत्ति घोषणा गरेका छन् ।

लेखनाथ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायीको प्रमुख दायित्व भएको बताएका छन् ।

पोखरा । पोखरा महानगरपालिकाले न्युरोडस्थित क्षतिग्रस्त मुख्य प्रशासनिक भवन भत्काउन सुरु गरेको छ । भवनमा गत वर्ष जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको थियो ।

पोखरा । दशैँ पर्व सुरु नहुँदै डोल्पाबाट भेडा–च्याङ्ग्रा बिक्रीका लागि पोखरा बजारमा ल्याइएको छ । वर्षौदेखि हरेक दशैँमा डोल्पा, मुस्ताङ र तिब्बतबाट भेडा–च्याङ्ग्रा बिक्रीका लागि यहाँ ल्याउने गरिन्छ ।

पोखरा । पोखरा हर्बल होममा ऋषिकुल कम्पनीको शाखा कार्यालय उद्घाटन भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले न्यूरोडस्थित उक्त कम्पनीको शाखा कार्यालयको उद्घाटन गरेकी हुन् ।

काठमाडौं । सफल उद्यमी तथा समाजसेवी खुमाप्रसाद अर्यालले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

लेखनाथ । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्यले रुपा गाउँपालिकाले बजार अनुगमन तीव्र पारेको छ ।

पोखरा । पोखरा हर्बल होममा ऋषिकुलका विभिन्न उत्पादनहरू उपलब्ध हुने भएका छन् । केही समयदेखि ऋषिकुलका उत्पादन बिक्री गर्दै आएको उक्त कम्पनीले यही १८ असोज पोखरा न्यूरोडमा ऋषिकुल कम्पनीको शाखा उद्घाटन गर्द