


२२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

२१ भदौ, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । ३ करोड ७२ लाख ४९ हजार ७७१ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन आइतबार उद्घाटन गरिएको हो ।

प्राकृतिक विपत्तिले निम्त्याएको यो संकटले नेपालको कमजोर आपूर्ति प्रणाली र सरोकारवाला निकायबीचको समन्वयहीनताले ग्यास बजार भद्रगोल भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार २० मेगावाट क्षमताको उक्त आयोजनाबाट अझै पनि ३९ जना सम्पर्कविहीन छन् ।

बाढीले बगाएकाहरू अहिलेसम्म सम्पर्कमा छैनन् । स्थानीयका अनुसार कैदलेटारतर्फ ३९ जनाको हाराहारीमा बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर जिल्लामा रहेका होल्डिङ सेन्टरहरुको व्यवस्थापनलगायतका सम्बन्धमा आवश्यक छलफल गर्न सोमबार दिउँसो ४ बजे बैठक राखेको हो ।

२१ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत निरीक्षण गरेको छ ।

निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो ।

२१ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन् ।