


पोखरा, ५ कात्तिक । पोखराका वरिष्ठ समाजसेवी एवं उद्योगपति केसी परिवारमा शोक परेको छ । पोखरा १४, काजीपोखरी निवासी समाजसेवी पम्फा केसीको ९० वर्षको उमेरमा गएराति निधन भएको हो ।

पोखरा । पोखराका अग्रज फोटो पत्रकार राम गुरुङलाई मातृशोक परेको छ । उनकी ७७ वर्षीया ममतामयी माता शान्तिदेवी गुरुङको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

पोखरा । पोखरा–३, तेर्सापट्टि निवासी कलाकार रामबहादुर उदासको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ । शनिबार बिहान ८ः३० बजे धर्मशीला बुद्धविहार नदीपुरमा आयोजित समारोहमा ‘सोम स्मृति ज्ञानमाला पुरस्कार’ ग्र

पोखरा । पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पोखरा–२८, माझठानाबाट कालिकातर्फ आउने क्रममा कालिका बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस ओख्लेस्थित भिरमा पल्टिएको हो ।

पोखरा । पोखरा–२८, कालिका, सेरामा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ विद्यार्थी र १ जना सर्वसाधारण हुन् ।

पोखरा । पोखरामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जना मजदुरको अकालमा ज्यान गएको छ । पोखरा–१८, अँध्यारोकुना, चिसापानीमा घरको जग्गा खन्ने क्रममा बिहीबार दिउँसो उनीहरु पुरिएका थिए ।

पोखरा । पछिल्लो समय बदलिँदो जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव तथा पर्याप्त निद्रा अभावले अनेक स्वास्थ्य समस्या बढ्दै गएकोबारे सचेत गराइएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तरगत दाउन्नेमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बसमा सवारमध्ये दुर्घटनामा परी अरु ८ जना घाइते छन् ।