


काठमाडाैँ । गत २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ ।

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार भएको विस्फोटमा घाइतेमध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार त

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा परी अन्य तीन जना नदीमा बेपत्ता भएका छन्।

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ।

काभ्रेपलाञ्चोक । दशै मनाउन काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस दुर्घटना भएको छ । सिन्धुलीको गोलोञ्जोर गाउँपालिकास्थित खुर्कोटमा दुर्घटना भएको हो ।
भक्तपुर, ३० असोज । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।

दाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।