


पोखरा । मन्दिरहरूमा भजनचुड्का घन्किरहेको छ, सँगै घण्टीको मधुर ध्वनी पनि । भक्तजन पूजाआजाका लागि मन्दिर परिसरमा लामबद्ध छन् । सन्तहरुको भीड ।

श्रीकृष्णजन्माष्टमी पर्व अवसरमा शुक्रबार पाेखराकाे पार्दीस्थित राधाकृष्ण मन्दिरमा भक्तजन पूजाआजा गर्दै । विसं २००० सालदेखि यहाँ पूजाआजा हुँदै आएको छ।

पोखरा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गरिएको छ । उद्धारपछि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षणका क्रममा उनीहरुको अवस्था सामान्य पाइएको छ ।

पोखरा । गत १० भदौमा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेकामध्ये १२ हजार ३८ जनाको उद्धार गरिएको छ । बाढीमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्।

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा २२ भदौमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

पोखरा । पोखरा–५, पस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ जारी छ ।

पोखरा । पाल्पा पालुङ्ग मैनादी–रुपन्देही सम्पर्क समाजले रसुवा बाढीपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।

पालुङटार (गोरखा) । भोटेकोशी गाढीमा गाडी नै हेलिएर बेपत्ता भएकाहरुको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

पोखरा । पोखरा–२५, याम्दी खोलाको भिरबाट महिला कराएको आवाज सुनिएपछि खोजीमा गएको प्रहरी टोलीले एक घाइते महिलालाई उद्धार गरेको छ ।

पोखरा । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ। वीरगञ्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडिको चौतारोमा उनी बुधबार अचेत अवस्थामा भेटिएका हुन् ।