


एनपीएलको तेस्रो संस्करणदेखि नेपालले आयोजना गर्न लागेको ‘आईसीसी यू–१९ महिला टी–२० विश्वकप’ सम्मका प्रतियोगिताहरूले कीर्तिपुर मैदानलाई निरन्तर गुन्जायमान बनाउनेछन्।

५ कात्तिक, काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ।

५ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ।

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेलेका छन्।

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् ।

नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबिया- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शरद भेषावकरलाई क्रिकेट निर्देशक बनाएको काठमान्डुले विश्वकप विजेता अस्ट्रेलियन लेजेण्ड ब्याटर डेविड वार्नरलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ।

४ कात्तिक, काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल खेल्ने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको ह