


काठमाडौं। मनसुन भित्रिएसँगै विपतजन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ भने जोखिम अझै कम नभएकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौँ पटक संसदबाट विश्वासको मत लिनको लागि संसद सचिवावलयलाई पत्र पठाएका छन्।

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।

काठमाडौंं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लक्ष्य हासिल गर्नका लागि नतिजामूखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं। पूर्वन्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। उनलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ।

काठमाडौं। नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन्।

काठमाडौं। भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका छन्।

काठमाडौं। सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख बढी मानिस प्रभावित हुने प्रक्षेपण गरेको छ। कात्तिकदेखिको दूधको भुक्तानी नपाउँदा चितवनका ४० हजार किसान मर्कामा परेका छन् ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले आगामि १० वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने बताएका छन् ।

काठमाडौं। भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेका छन् ।

काठमाडौं। टी–२० विश्वकपमा आज नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ । देशभरका स्थानीय तहले टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न सरकारले निर्देशन दिएको छ।

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गृहमन्त्रीले कांग्रेसका सांसदविरुद्ध दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसका महामन्त्री गगन थाप

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा विचार पु¥याएर कदम चल्नुपर्ने बतएका छन्।

काठमाडौं। चुरे आसपसका तराइका क्षेत्रमा चापाकल तथा इनारमा पानी सुक्न थालेको छ । अत्यधिक गर्मीका प्रत्यक्ष प्रभावमा विद्यार्थीमा पर्न थालेपछि तराईका अधिकांश विद्यालयहरु बन्द गरिएको छ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्। काठमाडौंमा नेकपा एमालेको दुई दिने राष्ट्रिय महिला भेला आजदेखि सुरु भएको छ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नेबारे सरकार र विपक्षी दलहरुबिच सहमति जुटेको छ। सरकारले जनतालाई उत्साहित बनाउने गरी आगामी वर्षको लागि बजेट सार्वजनिक गरेको छ।

काठमाडौं। सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले सडकमा उत्रिएर आन्दोलन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय छानबिन समिति गठनबारेको छलफल सकारात्मक भइरहेको बताएका छन्।

काठमाडौं। सहकारी ठगीको छानबिनका लागि समिति गठन गर्नेबारे आजपनि दलहरुबिच सहमति जुट्न सकेको छैन । छानबिन समिति गठनको माग गर्दै कांग्रेसले आज पनि संसद अबरोध गरेको छ।

काठमाडौं। सहकारी पीडितहरुले काठमाडौंमा तेस्रो चरणको आन्दोलन सुरु गरेका छन्। नेपालले पछिल्लो १० महिनामा १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्दा झण्डै ८० प्रतिशत देशसँगको व्यापार घाटामा रहेको छ।

काठमाडौं। २५६८औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भक्तजनहरुको भीड लागेको छ। सहकारी पीडितहरु सरकारले सम्झौता कार्यान्वयनमा नल्याएको भन्दै शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रने घोषणा गरेका छन्।